ad ad

समाज


जेठ २७ को राशिफल : वृषको शुभकार्यको चर्चा चल्ने, कर्कटलाई योजना कार्यान्वयन गर्न मुस्किल पर्ने, तपाईँको के?

जेठ २७ को राशिफल : वृषको शुभकार्यको चर्चा चल्ने, कर्कटलाई योजना कार्यान्वयन गर्न मुस्किल पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ २७, २०८१ आइतबार ४:४६, काठमाडौँ

आज आइतबार, २७ जेठ २०८१ (९ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : दैनिक कार्यमा सफलता पाइनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग पनि रहेको छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ 
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

वृष : शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : रमणीय र सुखद् यात्राको योग छ। स्वादिष्ट भोजन पाइनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।  

कर्कट : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। कसैले झुटो आश्वासन दिन सक्छन्। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ तर साँझमा भने प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

सिंह : मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। कृषि कार्यमा सफलता मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ। प्रणय सम्बन्ध प्रगाढसमेत हुने समय छ।

भाग्यशाली रङ आकासे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङ्गको प्रयोग नगर्ने।  

कन्या : दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। नयाँ ‘विजनेस प्लान’ बन्नेछ। सेयरबजारबाट राम्रो सफलता मिल्ला। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८०
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

तुला : सामाजिक कार्यमा मन जाला। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। वाणीमा कुशलता आउने दिन छ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६०
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङ्गको प्रयोग नगर्ने।

वृश्चिक : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङ्गको प्रयोग नगर्ने।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट र मिष्ठान्न भोजन पनि पाइनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।

मकर : नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

कुम्भ : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७०
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने।सजिलै अरुको विश्वास नगर्ने।

मीन : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .