नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)द्वारा आयोजित नेसनल एस्ट्रोनोमी ओलम्पियाडमा एरिक बाँस्तोला प्रथम भएका छन्।
खगोलविज्ञानसम्बन्धी विभिन्न तीन चरणमा भएको प्रतिस्पर्धाको अन्तिम नतिजाअनुसार सेन्ट जेभियर्स कलेज, माइतीघरका छात्र बाँस्तोला प्रथम भएका हुन्। उनी कक्षा १२ मा विज्ञान विषय पढिरहेका छन्।
ओलम्पियाडको अन्तिम चरणमा पुगेका देशभरका ३० जना विद्यार्थीलाई एक साताको बन्दसत्रमा सहभागी गराइएको थियो। त्यस क्रममा गरिएका विभिन्न प्रतिस्पर्धात्मक क्रियाकलापमा बाँस्तोला प्रथम भएका हुन्। अब उनी आगामी अगस्टमा ब्राजिलको रियो दि जेनेरियोमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुनेछन्।
‘अहिलेसम्म अन्तर्राष्ट्रिय ओलम्पियाडबाट नेपालीले पदक जित्न सकेका छैनन्,’ बाँस्तोलाले नेपालखबरलाई भने, ‘मेरो लक्ष्य पदकको खडेरी तोड्नु र देशको नाम राख्नु हुनेछ।’
1.2k
Shares
प्रतिक्रिया