ad ad

समाज


अरुण-३ आयोजनाका मजदुर सुतेको ठाउँमा पहिरो खस्यो, १ को मृत्यु, २ जना घाइते

अरुण-३ आयोजनाका मजदुर सुतेको ठाउँमा पहिरो खस्यो, १ को मृत्यु, २ जना घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १०:३८, संखुवासभा

संखुवासभामा पहिरोमा पुरिएर जल विद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको छ। 

चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ। 

मंगलबार राति अविरल वर्षापछि खसेको पहिरोमा परेर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दिया घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो।

पहिरोमा परेर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्। उनीहरू निदाएका बेला पहिरो खसेको हो। 

जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा काेठा पहिरोमा पुरिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .