ad ad

समाज


वीरगन्जमा अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाखभन्दा बढीका सामान बरामद

वीरगन्जमा अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाखभन्दा बढीका सामान बरामद

बरामद सामान सबै तस्बिर : सशस्त्र प्रहरीबाट


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १३:१६, काठमाडौँ

सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगन्ज महानगरपालिका-१९, बर्वालागयत वीरगन्जका विभन्न ठाउँबाट मंगलबार राति अवैध गोदाममा छापा मारेर ४४ लाखभन्दा बढी मूल्यबराबरका सामान नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले वीरगन्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रूपले राखिएको गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो। 

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम छन्। 

यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को ठाउँबाट एक घरमा अवैध रूपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। 

यसैगरी मंगलबार राति नै सोही गुल्मले वीरगन्ज महानगरपालिका-१० बाट अवैध रूपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्ट्स र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान बरामद गरेको छ।

बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .