ad ad

समाज


६ लाख बढीको चोरीका सामानसहित एक व्यक्ति पक्राउ

६ लाख बढीको चोरीका सामानसहित एक व्यक्ति पक्राउ

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १६:३४, काठमाडौँ

चोरी गरेर संकलन गरेको ६ लाख १८ हजार रुपैयाँको सामानसहित काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ बस्ने वर्ष ३६ को सुनिल महर्जन रहेका छन्।

यही जेठ १८ गते विहान अन्दाजी १०ः२० बजेको समयमा  काठमाडौं महानगरपालिका–१५ डल्लु स्थित विष्णु मग्रातीको कोठाको ताला फोडी नगद तथा मोबाइल चोरी गरेको र पटक पटक अन्य स्थानहरूमा पनि चोरी गरी फरार रहेको भन्ने प्रहरी वृत्त स्वयम्भुमा निवेदन दिएको आधारमा प्रहरीले उनको खोजी गरेको थियो।

प्रहरी वृत्त स्वयम्भुबाट विशेष प्रहरी टोली परिचालन गरी चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा जेठ ३१ गते चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा स्थित बसन्डोलमा चोरीमा संलग्न व्यक्ति सुनिल महर्जनलाई फेला पारेको हो।

उनी बस्ने गरेको डेरा कोठा खानतलासी गर्दा उनको साथबाट चोरीको सामानहरू फेला परेपछि बरामद गरी प्रहरी वृत्त स्वयम्भुबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

बरामद सामानहरूः
१) चोरीको आईप्याड थान १ (अन्दाजी मूल्य रु.९०,०००)
२) ट्याब – थान २ (२०,०००)
३) सुनको माईली तिलहरी– थान १ (अं. मूल्य रु ८०,०००)
४) सुनको सानो तिलहरी – थान २ (अंं मूल्य रु १०,०००)
५) सुनको झुम्का – १ जोर (अं मूल्य रु ५०,०००)
६) सुनको चन्द्रमा – थान १ (अं. मूल्य रु १०,०००)
७) सुनको औँठी – थान १ (अं. मूल्य रु २५,०००)
८) चाँदीको बाला २ जोर  (अं. मूल्य रु ५,०००)
९) सुनको मंगलसुत्र – थान १ (अं. मूल्य रु ८०,०००)
१०) चाँदीको पाउजु – १ जोर (अं. मूल्य रु २०००)
११) ल्यापटप थान १ (अं. मूल्य रु १,००,०००)
१२) विभिन्न कम्पनीको मोबाइल– ११ थान  (अं. मूल्य रु १,००,०००)
१३) घडी (हाते)– ५ थान (अं. मूल्य रु ६,०००)
१४) नगद रु ३०,०००
१५) मृगको छाला – थान १
१६) सोनी कम्पनीको डिजिटल क्यामेरा– थान १ (अं. मूल्य १०,०००)
१७) चोरी गर्दा लगाएको खैरो जुत्ता, खैरो हाफ पाइन्ट, ‘सीएटी’ लेखेको कालो ब्याग, निलो खैरो विन स्विटर।
जम्मा ६ लाख १८ हजार रुपैयाँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .