कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवामा शनिबार खाल्डोमा खसेका बालकको शव फेला परेको छ।
सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव आइतबार सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो।
स्थानीय ९ वर्षीय गणेश बिक असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
12
Shares
प्रतिक्रिया