पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः गाडी गुड्न थालेका छन्।
मुग्लिन मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखेलाकोबीचमा पहिरो जाँदा आज बिहानदेखि पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए।
रोकिएका सवारी साधन राजमार्गको पहिरो हटाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। रासस
324
Shares
प्रतिक्रिया