मुस्लिम धर्मावलम्बी आज आफ्नो दोस्रो महान् पर्व बकर इद (उल अजाहा) मनाइरहेका छन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने परम्परा छ।
आज मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन्।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।।
बकर इदको अवसरमा आज देशभरसँगै काठमाडौँका पनि मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो लागेको छ।
यसै क्रममा हेर्नुहोस् कश्मिरी मस्जिदमा आज बिहान देखिएका केही दृश्य-
96
Shares
प्रतिक्रिया