संघीय संसद् भवनभित्र आज बुधबार बिहान नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार केही बेरअघि एकजना प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका हुन्।
२२ वर्षीय प्रहरी जवानले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन्।
‘घटनाबारे भर्खर जानकारी प्राप्त भएको छ’, उनले भने, ‘यस विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’
अहिले प्रहरी जवानको नामलगायत विस्तृत विवरण खुलिनसकेको एसपी अधिकारीले बताए।
825
Shares
प्रतिक्रिया