ad ad

समाज


यी पाँच प्रदेशमा फैलियो मनसुन

यी पाँच प्रदेशमा फैलियो मनसुन

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ६, २०८१ बिहिबार ११:३७, काठमाडौँ

पूर्व कोसीदेखि लुम्बिनी प्रदेशसम्म मनसुन फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले बिहीबार बुलेटिन जारी गरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुन पुगेको जानकारी दिएको हो।  

बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८१/०३/०६ (२० जुन) गतेका दिन कोसी प्रदेशको बाँकी भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको छ।’ 

अब देशका बाँकी स्थानमा मनसुन भित्रिन अझै केही दिन लाग्ने मौसम महाशाखाले जनाएको छ। 

नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ३ दिन छिटो जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो

त्यसको १० दिनपछि मौसमविद्ले देशका पाँच प्रदेशसम्म मनसुन भित्रिएको घोषणा गरेका हुन्। 

हेर्नुहोस् सूचना-

यी पनि :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .