चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको छ। राष्ट्रिय चिकित्सा आयोगले मंगलबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८१–०८२ का लागि शुल्क निर्धारण गरेको हो।
चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको सूचनामा जनाइएको छ।
आयोगका उपसचिव टीकाराम शर्माद्वारा जारी सूचनामा स्नातक तहतर्फको कार्यक्रमअन्तर्गत एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको छ।
त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ।
273
Shares
प्रतिक्रिया