नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन भएको हो।
राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य रहेरसमेत काम गरेका भट्टको निधनले नेपाली पत्रकारिता जगतले एक योग्य र अनुभवी पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघले एक शोक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।
27
Shares
प्रतिक्रिया