नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ छन्। उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधको अन्दाजी बजार मूल्य रु चार करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ। रासस
39
Shares
प्रतिक्रिया