ad ad

समाज


देशभरका खोलानालामा बाढी, हेर्नुहोस् भयावह ९ तस्बिर

देशभरका खोलानालामा बाढी, हेर्नुहोस् भयावह ९ तस्बिर

अविरल वर्षाका कारण डुबानमा परेको विश्वकै ठूलो शालिग्राम शिला र जोखिममा परेको सेतीवेणीबजार । नदीमा बहाब बढ्ने क्रम बढेपछि स्थानीय त्रसित छन्। तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस


नेपालखबर
असार २२, २०८१ शनिबार १२:५४, काठमाडौँ

लगातार वर्षाका कारण आज (शनिबार) देशभरका खोला, नदीमा बाढी आइरहेको छ। 

त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र बच्ने उपाय अपनाउन आग्रह गरेको छ। 

यसैबीच यी तस्बिरमा हेर्नुहोस् देशका विभिन्न स्थानमा उर्लिएका नदी तथा खोला-

हापुरखोलाको बाढीले कटान गर्दै गरेको दाङको घोराही उपमहानगरपालिका-९ स्थित अस्पारा गनारको खेतीयोग्य जमिन। तस्बिर : कुलदीप न्यौपाने/ रासस

मनाङ सदरमुकाम चामे बजार बीचबाट बगेको घट्टेखोलामा बाढी आएको छ भने उता  मर्स्याङदी नदीको पानीको  सतह बढ्दा चामे बजारको अवस्था। तस्बिर : नवीन लामिछाने/रासस

भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ। तस्बिर  : रमेश गिरी/रासस

 भक्तपुरको हनुमन्ते खोलामा शनिबार आएको बाढी सूर्यविनायकस्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र र बस्तीमा पसेको छ। तस्बिर  : रमेश गिरी/रासस

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीका कारण सडक अवरुद्ध। यो सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँमा यात्रा गर्ने यात्रु बिहानैदेखि अलपत्र परेका छन्। तस्बिर : विराट न्यौपाने/रासस

अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह। पानीको सहत बढेसँगै मनाङ सदरमुकाम चामेस्थित पुललगायत आसपासका क्षेत्र जोखिममा परेका छन्। तस्बिर : नवीन लामिछाने/रासस

मर्स्याङ्दी नदीको बहाव बढेसँगै मनाङको नासो गाउँपालिका–१ ताल गाउँ उच्च जोखिममा। नदी किनारमा रहेको यस गाउँ २०७८ असार १ गतेको बाढीले ५५ घर पूर्णक्षति भएको थियो भने गाउँ नै बगरमा परिणत भएको थियो। तस्बिर : नवीन लामिछाने/रासस

अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा  बढेको पानीको सतह। तिनाउ नदी छेउछाउका बस्ती जोखिममा छन्। तस्बिर : सुमित्रा अधिकारी/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .