ad ad

समाज


दाङमा नदीमा फसेका ३ जनाको सकुशल उद्वार, १ बेपत्ता

दाङमा नदीमा फसेका ३ जनाको सकुशल उद्वार, १ बेपत्ता

नेपालखबर
असार २२, २०८१ शनिबार १४:२२, काठमाडौँ

दाङको लमही नगरपालिका-७ हसनापुरस्थित राप्ती नदीमा पानीको बहाव बढी फसेका दुई जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्वार गरेको छ।
    
दुध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षिय दयाराम यादव सो नदीको दोभान फसेका थिए। उनीहरुको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौज सकुशल उद्वार गरेको हो। 

त्यस्तै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षिय गोरे क्षेत्रीको पनि प्रहरीले सकुशल उद्वार गरेको छ।

राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षिय राजकुमार यादवको खोजीकार्य भईरहेको छ। दुध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करीव ९ः३० बजे उनलाई नदीले बगाएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .