ad ad

समाज


मेघालयमा हत्या गरिएकामध्ये २ जना नेपाली

मेघालयमा हत्या गरिएकामध्ये २ जना नेपाली

नेपालखबर
असार २४, २०८१ सोमबार ७:४८, काठमाडौँ

गएको शनिबार भारतको मेघालयमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ। 

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा.सुरेन्द्र थापाले मारिने दुई जना नेपाली भएको पुष्टि गरेका हुन्।

मारिने दुई नेपालीमा इलामका रवि राई र धरानका राजेश राई छन्। उनीहरुको शव आफन्तलाई जिम्मा लगाइएको दूतावासले जनाएको छ। 

शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले जानकारी दिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .