हाल (शनिबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहेको र कोसी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति मौसम देशभर साधारणतया बदली रहने छ।
अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै कोसी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1.2k
Shares
प्रतिक्रिया