ad ad

समाज


सिमलताल दुर्घटना : पाँचौँ दिनसम्म १७ जनाको शव फेला, ९ वटाको सनाखत (विवरणसहित)

सिमलताल दुर्घटना : पाँचौँ दिनसम्म १७ जनाको शव फेला, ९ वटाको सनाखत (विवरणसहित)

बेपत्ता यात्रुको खोजी गर्दै सुरक्षाकर्मी। तस्बिर : रासस


नेपालखबर
साउन १, २०८१ मंगलबार १९:४१, काठमाडौँ

गएको शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेर भएको दुर्घटनाका हराइरहेकामध्ये १७ जनाको शव फेला परेको छ।

दुर्घटनाको पाँचौँ दिनसम्म १७ वटा शव फेला परेको खोजीकार्यमा जुटिरहेको सशस्त्र प्रहरीले जनाएको छ।

भेटिएका १७ शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटा शव पहिचान हुन बाँकी छ।

सनाखत हुन बाँकी ८ जनामा ६ वटा पुरुष र २ वटा महिलाका शव छन्।

सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए। दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन्।

शुक्रबार भएको सो घटनापछि सोमबार (असार ३१ गते) मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण सार्वजनिक भएको थियो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहे थिए भने काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ।

गणपति बसका तीनजना यात्रु हामफलेर बाँच्न सफल भएका छन्।

हराएका बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।

यी हुन् मृतक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .