सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
सोही जिल्लाको माप्य दुधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ वर्षीय तेज बहादुर तामाङ्ग तार जालीको पर्खाल लगाउने क्रममा साउन ४ गते माटोको ढिस्कोले पुरिएका थिए।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको तत्कालै उद्धार गरी जिल्ला अस्पताल फाप्लुतर्फ पठाएको छ।
उनको टाउको र कम्मरको भागमा चोट लागेको सशस्त्रका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
15
Shares
प्रतिक्रिया