हाल (आइतबार बेलुका) देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) छ भने गण्डकी प्रदेशका केही, कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। अनि कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस क्रममा राति सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
3.6k
Shares
प्रतिक्रिया