ad ad

समाज


लापसे गरेका व्यक्तिले चलाएको कारले बल्खुमा तीन जनालाई ठक्कर दियो

लापसे गरेका व्यक्तिले चलाएको कारले बल्खुमा तीन जनालाई ठक्कर दियो

नेपालखबर
साउन ८, २०८१ मंगलबार १६:२५, काठमाडौँ

काठमाडौंको बल्खुमा कारले ठक्कर दिँदा तीन जना पैदलयात्री घाइते भएका छन्।

बा११च ५९१६ नम्बरको कारले सोमबार साँझ सडक पेटीमा हिँडिरहेका तीनजना यात्रुलाई ठक्कर दिएको हो।

गाडीको ठक्करबाट भारतको मोतिहारी घर भइ हाल डल्लु बस्ने वर्ष १८ को प्रियन्सु कुमार, कुलेश्वर बस्ने वर्ष २५ को भोला कुमार र वर्ष १९ को श्याम बाबु ठाकुर घाइते भएका प्रहरीले जनाएको छ।

उनीहरूको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ।

कालिमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको सो गाडी पैदल यात्रुलाई ठक्कर दिएपछि सडक छेउको कुलो बनाउन राखेको सिमेन्टको ब्लकमा ठोक्किन पुगी दुर्घटना भएको छ।

गाडी चालक भुपेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रेष्ठले लागुपदार्थ सेवन गरी लापरवाहीपूर्वक सवारी साधन चलाएको प्रहरीको ठहर छ।

कार चालक भुपेन्द्र श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा उनले बेन्जोडाइजेफिन्स नाम गरेको लागुऔषध सेवन गरेको पाइएको छ। उनले चलाएको कारको अगाडिको ड्यासबोर्ड भित्र निट्राभेट–१० लेखिएको एक पत्तामा खाई बाँकी रहेको तीन चक्की लागुऔषधजन्य पदार्थ फेला परेको छ।

उक्त लागुऔषधजन्य पदार्थ र कार समेत नियन्त्रणमा लिई सवारी अंगभंग सम्बन्धी कसुर मुद्दामा प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .