ad ad

समाज


विमान दुर्घटनाका घाइते क्याप्टेन शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पताल पुगे

विमान दुर्घटनाका घाइते क्याप्टेन शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पताल पुगे

नेपालखबर
साउन ९, २०८१ बुधबार २०:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाका घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बुधबार साँझ केएमसी अस्पताल सिनामंगल पुगेर प्रधानमन्त्री ओलीले शाक्यको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

घाइते क्याप्टेनका परिवार र चिकित्सकसँग प्रधानमन्त्री।

बुधबार भएको विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको उपचार भइरहेको छ।

दुर्घटनामा उनीबाहेक विमानमा रहेका १८ जनाकै ज्यान गएको छ।

प्रधानमन्त्री ओली दुर्घटनाको खबर पाएलगत्तै बुधबार दिउँसो घटनास्थल त्रिभुवन विमानस्थल पुगेर घटनाबारे पनि जानकारी लिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .