काठमाडौं महानगपालिकाको न्युरोड क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको छ। मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङ बढ्न थालेको देखिन्छ।
अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरु मासिने खतरामा छन्। सांस्कृतिक धरोहरहरुको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ।
काठमाडौंको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरु मासिने निश्चित छ। अब बैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ।
399
Shares
प्रतिक्रिया