ad ad

समाज


आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेतीको मुद्दामा आजबाट थुनछेक बहस

आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेतीको मुद्दामा आजबाट थुनछेक बहस

नेपालखबर
साउन १५, २०८१ मंगलबार १२:३९, काठमाडौँ

काठमाडौँको सुकेधारास्थित आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेतीको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले उप्रेतीसहित ९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ। 

बाँकी ८ जना भने फरार छन्।

फरार रहनेमा सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, कोषाध्यक्ष मुकुन्दप्रसाद पाण्डे, तत्कालीन सदस्य बद्री महत, सदस्य प्रकाशमान शाही, तत्कालीन सदस्य अरुण भण्डारी, विष्णुबहादुर रिमाल, लेखासमितिका तत्कालीन संयोजक राजु पौडेल र तत्कालिन लघुवित्त प्रमुख विश्मभर रिमाल रहेका छन्। 

उनीहरूविरुद्ध सहकारीका २०३ जना बचतकर्ताले जाहेरी दिएका थिए। उनीहरूले आफूले बचत गरेको १५ करोड सतहतर लाख २० हजार ४० रुपैयाँ सहकारीबाट फिर्ता नपाएको दाबी गरेका छन्। 

बचतकर्ताको रकम यी प्रतिवादीहरुले आफुखुसी लगानी र अपचलन गरी हिनामिना गरेको गुनासो गरेका छन्। उप्रेती २०७१ सालदेखि ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष थिए।

यस्तै, सम्पुर्ण सहकारी संघ संस्थाहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा १५ वर्ष प्रबन्ध संचालक रहेर काम गरेका थिए। २०७५ सालमा उक्त बैंकको अध्यक्षमा निर्वाचित उनी हालसम्म पनि अध्यक्ष हुन्। 

उनलाई प्रहरीले गत असार १९ गते पक्राउ गरेको थियो।

उनले बयानका क्रममा सहकारीले विभिन्न ठाउँमा रकम लगानी गरेको र उक्त रकम नउठेकाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको बयान दिएका थिए। उनले लगानी गरेको रकम उठाएर बचतकर्ताको रकम फिर्ता गर्ने पनि बयानका क्रममा बताएका छन्। 

उनीबाट बचतकर्ताको १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ फिर्ता गराउन र कानुन अनुसार थप कारबाही गर्न माग दाबी लिइएको छ।

उक्त कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .