ad ad

समाज


केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १८:४१, मध्यविन्दु (नवलपरासी)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ। 

गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो। 

 दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .