ad ad

समाज


दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

नेपालखबर
साउन २०, २०८१ आइतबार ८:१३, दाङ

दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्। 

शनिबार राति ८ बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही- १५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो। 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामप्रसाद तिमलसिनाले जानकारी दिए। 

‘मृतकका आफन्तले अहिले दाङको घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन्,’ तिमलसिनाले नेपालखबरसँग भने, ‘हामी सडकको अवरोध हटाउन उहाँहरुसँग समन्वय गरिरहेका छौँ।’

टिपर चालक नवलपरासी सुनवल- १० का शिवबहादुर क्षेत्रीलाई पक्राउ गरिएको तिमलसिनाले बताए।  

दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेकाले घोराही–तुलसीपुर सडक खण्डमा अहिले गाडी चल्न सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .