नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दिउँसोको समयमा घरमा मान्छे नभएको मौका पारेर कोठा फुटाएर गरगहना चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका दुवैजनालाई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए। रासस
198
Shares
प्रतिक्रिया