ad ad

समाज


आज नागपञ्चमी पर्व, नागको पूजा-आराधना गरिँदै (तस्बिर)

आज नागपञ्चमी पर्व, नागको पूजा-आराधना गरिँदै (तस्बिर)

नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको प्रतिमामा पूजा गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १०:५८, काठमाडौँ

परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसेर नागको पूजार्चना गरी आज नागपञ्चमी पर्व मनाइँदैछ। 

नागपञ्चमीका अवसरमा विभिन्न मन्दिर, देवालय, ताल तलैयाहरुमा भक्तजनको घुइँचो लागेको छ।  

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा अहिले भक्तजनको ठूलो घुइँचो छ। 

घरको मूल ढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।

हेर्नुहाेस् तस्बिर

नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको प्रतिमामा पूजा गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

नाग पञ्चमीका अवसरमा आज काठमाडौँ महानगरपालिका–१ मा अवस्थित नागपोखरीमा नागलाई दूध चढाउदै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/ रासस

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको प्रतिमामा पूजा तथा दूध चढाउँदै भक्तजन

नाग पञ्चमीका अवसरमा आज काठमाडौँ महानगरपालिका–१, नागपोखरीस्थित मन्दिरमा पूजा आराधना गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

दाङको घोराही उपमहानगरपालिका–१५, बैंकरोडस्थित पसलमा शुक्रबार बिहान नागका चित्र किन्दै सर्वसाधारण । नागपञ्चमीको दिन घरको दौलोमा नागको फोटो टासेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ ।
दाङको घोराही उपमहानगरपालिका– १८ स्थित अम्बिकेश्वरी मन्दिरको मूल प्रवेश द्वारमा शुक्रबार बिहान नाग अङ्कित चित्र टास्दै मन्दिरका पूजारी

म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरको नागको थानमा शुक्रबार बिहान नाग पञ्चमी पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी । तस्बिरः सन्तोष गौतम/रासस

नाग पञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा रुखमा बसेको हरियो सर्प (हरेउ) हेर्दै स्थानीयवासी । तस्बिर: कुलदीप न्यौपाने /रासस

नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) । प्रायः रुखमा बस्ने, रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्दा यो सर्पले मानिसलाई टोकेको पाइन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

सबै तस्बिर रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .