ad ad

समाज


गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

नेपालखबर
साउन २५, २०८१ शुक्रबार २१:८, काठमाडौँ

काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए।

ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो।

विभिन्न क्षेत्रबाट पुगेका दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .