ad ad

समाज


गत २४ घण्टामा यी दुई स्थानमा भयो धेरै भारी वर्षा

गत २४ घण्टामा यी दुई स्थानमा भयो धेरै भारी वर्षा

नेपालखबर
साउन २७, २०८१ आइतबार ८:२४, काठमाडौँ

गत २४ घण्टामा देशका दुई स्थानमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ८:१६ बजे अद्यावधिक गरेको विवरणअनुसार बितेको २४ घण्टामा नवलपरासीपूर्व र बाराका एक/एक स्थानमा धेरै भारी वर्षा भएको हो।

महाशाखाको तथ्यांकअनुसार नवलपरासीपूर्वको दुम्कौली र बाराको सिमरा विमानस्थलमा बराबर १०३.६ मिलिमिटर वर्षा भएको हो। 

सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।  

यस अवधिमा भारी वर्षा (५० मिलिमिटरभन्दा माथि)  त मुलुकका धेरै ठाउँमा भएको महाशाखाको विवरणले देखाएको छ (हेर्नुहोस् माथिको फोटो)।  

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .