ad ad

समाज


खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना

खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना

नेपालखबर
साउन २७, २०८१ आइतबार १९:३८, काठमाडौँ

काठमाडौंको अनामनगरमा रहेको किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टलाई महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

खानेपानीमा किरा भेटिएपछि महानगरले रेस्टुरेन्टलाई कारबाही गरेको हो।

आइतबार उक्त रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ११ का वडा सदस्य यशोमती परियारले सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि पानीमा किरा सल्बलाएको देखेकी थिइन्।

कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो।

अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिइन्।

खानेपानी दुषित पाइएपछि सो कार्यक्रमसमेत स्थगित भएको थियो भने उक्त रेस्टुरेन्टलाई तत्काल कारबाही भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .