ad ad

समाज


मधेस प्रदेशको कानून मन्त्रालयका तत्कालीन उपसचिव कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा

मधेस प्रदेशको कानून मन्त्रालयका तत्कालीन उपसचिव कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १९:५, काठमाडौँ

मधेस प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चारजना विरुद्ध घ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव कुशवाहा, पूर्वाधार विकास कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादव र एकजना ठेकेदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मधेश प्रदेशको गृह मन्त्रालयबाट आर्थिक वर्ष २०७७/०७८ मा ईलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीको कम्पाउन्ड वाल निर्माण कार्यमा गुणस्तरहीन कार्य गरेको एवं डिजाइन सम्झौता भन्दा फरक गरी रकम हिनामिना गरेको अख्तियारको ठहर छ।

उक्त कम्पाउन्ड वाल निर्माण कार्यमा ठेक्का प्रक्रियादेखि भुक्तानीसम्मको कार्यमा संलग्न रही फिल्डमा हुँदै नभएको कार्यको काम भएको हो भनी नापी किताब, बिल र सोही अनुसार कार्य सम्पन्न प्रतिवेदन लगायतका कागजातहरू तयार एवं प्रमाणित गरी भुक्तानी आदेश र गोश्वारा भौचर सदर गरी ५ लाख ३१ हजार ४२८ रुपैयाँ ७० पैसा बढी भुक्तानी गराई गैरकानुनी लाभ पुर्‍याएको र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि भएको अख्तियारको भनाई छ।

यस्तै, जायसवाल कन्स्ट्रक्सनका निर्माण व्यवसायीरसञ्चालक राकेश प्रसाद जायसवालले मिलेमतो गरी फिल्डमा कार्य सम्पन्न नभएको भए तापनि फिल्डमा भए गरेको भनी वास्तविक कार्य भन्दा बढी मूल्याङ्कन गराई भुक्तानी लिएको आरोपमा उनीविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .