काठमाडौंको शंखमूलमा भासिएको सडक सञ्चालनमा आएको छ।
आइतबार बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएपछि अवरुद्ध भएको थियो।
सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सानो खाल्डो परेको थियो भने खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको थियो।
जेसबी प्रयोग गरेर भ्वाङ खोलिएको थियो।
सडक पुनः निर्माण गरेपछि अपरान्हबाट सञ्चालनमा आएको हो।
सडकमा देखिएको भ्वाङ भित्र खोक्रो भएकोले समयमै मर्मत नगरेको भए ठूलो दुर्घटना पर्नसक्ने स्थानीयले बताए।
492
Shares
प्रतिक्रिया