काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भदौरे झरी परेको छ। मंगलबार रातिदेखि सुरु भएको झरी काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा परिरहेको छ।
झरीका कारण सुदूरपश्चिमका तराई भू–भाग पनि डुबानमा पर्न थालेका छन् भने अन्य प्रदेशमा पहिरो लगायतका प्रकोपहरू सुरु भएका छन्।
उपत्यका आसपासका नदी किनारमा पनि सतह बढेको छ। नदीमा पानीको सतह बढ्दै गएपछि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
दिनभरको झरीका कारण काठमाडौँमा हिँड्डुल गर्नेहरूलाई समस्या भएको छ। कलेज, कार्यालय तथा विभिन्न पेसामा रहेकाहरू झरी परेपछि प्रभावित बनेका हुन्।
तस्बिरहरूः
207
Shares
प्रतिक्रिया