ad ad

समाज


बचत फिर्ता गरिदिन सहकारी पीडितको माग, आन्दोलनकै क्रममा चारजनाले गुमाए ज्यान

बचत फिर्ता गरिदिन सहकारी पीडितको माग, आन्दोलनकै क्रममा चारजनाले गुमाए ज्यान

फाइल फोटो


नेपालखबर
भदौ १०, २०८१ सोमबार १८:४१, काठमाडौँ

सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो।

महासङ्घले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले बिगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो।

महासङ्घका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए। सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१ औंँ दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने जानकारी पनि उनले दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .