नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले पदभार ग्रहण गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव अर्यालले पद बहाली गरेका हुन्।
सो क्रममा उनलाई नेपाल सरकारका सचिवहरूले स्वागत तथा सम्मान गरेका थिए।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले मुख्य सचिव नियुक्त गरेको थियो। उनी यसअघि गृह सचिवको रुपमा कार्यरत थिए।
अर्यालले शुक्रबार नै नियुक्ति पत्र बुझेका थिए।
मुख्य सचिव अर्यालले सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्।
186
Shares
प्रतिक्रिया