ad ad

समाज


डेंगी संक्रमणबाट चितवनमा ६३ वर्षका पुरुषको मृत्यु

३ हजार ४४ जनामा परीक्षण गर्दा ७२७ जनामा डेंगी पुष्टि
डेंगी संक्रमणबाट चितवनमा ६३ वर्षका पुरुषको मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८१ सोमबार ७:३६, चितवन

डेंगी सङ्क्रमणका कारण चितवनमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्।
 
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए।

ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए।   

चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगी सङ्क्रमण देखिएको छ। तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो। 

सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .