ad ad

समाज


सहकारीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद १५ दिन थप

सहकारीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद १५ दिन थप

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १६:५४, काठमाडौँ

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद १५ दिन थप भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति सुर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए। 

उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिनाका लागि तोकिएको थियो। पहिलो बैठक बसेको मितिले ३ महिना कायम हुने उक्त समयावधि आगामी भदौ २२ गते सकिँदै थियो। 

मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समयबाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको जानकारी प्रतिनिधि सभा बैठकमा गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .