ad ad

समाज


अर्घाखाँचीको झरनामा फोटो खिच्दै गरेका चार जनालाई खोलाले बगायो, एकको शव फेला

अन्य दुई सकुशल, एक जनाको खोजी जारी
अर्घाखाँचीको झरनामा फोटो खिच्दै गरेका चार जनालाई खोलाले बगायो, एकको शव फेला

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १७:१०, काठमाडौँ

अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटो/भिडिओ खिच्दै गरेका चार जना युवाहरूलाई खोलाले बगाएको छ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल मृत फेला परेका हुन्। त्यस्तै, सोही ठेगाना भएका बरगाउँ बस्ने २३ वर्षीय किशोर रास्कोटीको खोजी कार्य जारी छ। 

सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका हुन्।

वडा नम्बर १३ र १४ को बीचमा पर्ने उक्त छहराबाट बगाएकामध्ये एकजनाको शव फेला परेको प्रहरी निरीक्षक (एन्स्पेक्टर) दीपेन्द्र रावलले नेपालखबरलाई जानकारी दिए।

सोही खोलाले बगाएका अन्य दुई जना भने सकुशल फेला परेका छन्। अर्का एकजनाको भने खोजी भइरहेको इन्स्पेक्टर रावलले जानकारी दिए। 

उक्त खोला निकै ठाडो र अप्ठेरो भएकाले प्रहरीलाई उद्धार कार्यमा असहज भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .