आज हरितालिका (तीज) पर्व मनाइँदै छ। देशभर शिवालयहरूमा भक्तजनको भीड लागेको छ। प्रायः महिलाहरू नाचगान र रमाइलोमा व्यस्त छन्। सरकारले पनि महिलाका लागि बिदा दिएको छ।
काठमाडौँको पशुपतिनाथ लगायतमा महिलाहरू व्रत बसेर नाचगानसहित चाड मनाइरहेका छन्।
यसैबीच काठमाडौँका सडकमा केही महिला भने आफ्नो नियमित जिम्मेवारी पूरा गर्न चाडबाड केही नभनी खटिएका छन्। शुक्रबार दिउँसो काठमाडौँको न्युरोड, नक्साल, दरबारमार्ग लगायतका क्षेत्रमा नियमित काममा खटिएका व्यवसायी तथा प्रहरी कर्मचारी भन्दै थिए, जिम्मेवारीले दिएन तीज मनाउन।
तस्बिरहरूः
42
Shares
प्रतिक्रिया