ad ad

समाज


ओछ्यानमै गोमन सर्पले टोक्दा बारामा ११ वर्षीय बालकको मृत्यु

साउनदेखि अहिलेसम्म बारामा ३०७ जना सर्पले टोकेका बिरामीको उपचार
ओछ्यानमै गोमन सर्पले टोक्दा बारामा ११ वर्षीय बालकको मृत्यु

नेपालखबर
भदौ २६, २०८१ बुधबार ८:४४, काठमाडौँ

बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ। 

घरमा सुतिरहेका बेला विषालु सर्पले टोक्दा महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको मृत्यु भएको हो।

सोमबार राति गोमन सर्पले टोकेर सिकिस्त भएका बालकलाई आफन्तले ढिलो गरी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार
पण्डितले जानकारी दिए।

सर्पले टोके पनि मुसाले टोकेको होला भनेर अभिभावकले बालकलाई अस्पताल लैजान ढिलो गरेको पाइएको छ।

गएको साउनदेखि हालसम्म बारामा तीनसय ७ जना सर्पले टोकेका बिरामी उपचारको लागि अस्पताल पुगेका छन्। त्यसमध्येका नौ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .