ad ad

समाज


दार्जिलिङमा ८ नेपालीलाई इन्डो-नेपाल फ्रेन्डसिप अवार्ड

दार्जिलिङमा ८ नेपालीलाई इन्डो-नेपाल फ्रेन्डसिप अवार्ड

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १३:५४, काठमाडौँ

दार्जिलिङमा ८ नेपालीलाई इन्डो-नेपाल फ्रेन्डसिप अवार्डबाट सम्मान गरिएको छ। 

दार्जिलिङ हिमालयन आर्ट अडिटोरियममा आइतबार आयोजित समारोहमा मधेस प्रदेशका पूर्वसांसद नेत्रविक्रम साह, समाजसेवी तथा मधेसी नेता सुनीता साह क्रान्ति, पत्रकार मिश्रीलाल मधुकर, डा. नेवलकिशोर साह, डा. अनिशा अछामी, समोदकुमार साह, कामेश्वर साह र अनवर अलीलाई इन्डो-नेपाल फ्रेन्डसिप अवार्ड प्रदान गरिएको हो।

जीएच आरपीएफ रिसर्च इन्स्टिच्युटका निर्देशक महानन्द सरकार दत्ताको अध्यक्षतामा भएको कार्यक्रममा उल्लिखित ८ नेपाली तथा दार्जिलिङका समाजसेवी रेवाज गुरुङ, अशोककुमार अग्रवाललगायत सहभागी भएका थिए।

मानवअधिकारको क्षेत्रमा सक्रिय संस्था जीएच आरपीएफले कोरोना महामारीका बेला मानवीय सेवा गरेको थियो।

नेपाली टोली दार्जिलिङपछि सिक्किम भ्रमणमा गएको थियो। जहाँ उनीहरूलाई सिक्किम सरकारका अधिकारीहरूले स्वागत गरे।

नेपाली टोलीसँग भारतको सिक्किम राज्यका पर्यटनमन्त्री टीटी भुटियाले भेटवार्ता गरे। त्यस क्रममा मन्त्री भुटियाले भारत र नेपालबीच पर्यटन प्रवर्द्धनमा संयुक्त पहल हुनुपर्ने बताए। 

भुटियाले पर्यटन र कृषि प्रवर्द्धनका लागि सिक्किमले चाँडै एउटा टोली नेपाल पठाउन लागेको जानकारी पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .