ad ad

समाज


जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १७:०, काठमाडौँ

वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका ७ घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका २ वस्ने ४५ वर्षीय रामकुमार जिमी रहेका छन्।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सुन्धाराबाट भदौ २७ गते पक्राउ गरहेको हो।

४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .