ad ad

समाज


ललितपुर महानगरभित्र चार मिनेटमै दमकल पुग्ने व्यवस्था गर्दैछौँ : मेयर महर्जन

ललितपुर महानगरभित्र चार मिनेटमै दमकल पुग्ने व्यवस्था गर्दैछौँ : मेयर महर्जन

नेपालखबर
असोज ९, २०८१ बुधबार १५:११, काठमाडौँ

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताएका छन्।

बुधवार ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्। मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरु पुर्याई सक्नेगरी योजना तय गरिएको पनि बताए।

महानगरको उद्देश्य नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपदमा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उनको भनाई थियो।

मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु राम्रोसँग अघि बढाएको दाबी समेत गरे। उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सबस्टेसनहरू बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट शुरु गर्ने समेत जानकारी दिए।

मेयर महर्जनले भने, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिकाहरु छन् भने ती सबै नगरपालिकाहरुमध्ये विपद्मा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौँ। यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुराहरु एकदमै राम्रोसँग अगाडि बढिरहेको छ। र हालसालै हामीले एउटा अध्ययन पनि गराएका छौँ कि ललितपुर नगर क्षेत्रमा कुनैपनि ठाउँमा विपद् हुँदाखेरी ४ मिनेट भित्रमा हाम्रो विपदका अवयवहरु दमकल, एम्बुलेन्सलगायतका सामग्रीहरुको त्यो ठाउँमा पुग्नुपर्छ भन्ने किसिमको अध्ययन गरिएको छ।’

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .