ad ad

समाज


जाँदाजाँदै प्रधानन्यायाधीशले टुंग्याए वरिष्ठ अधिवक्ताको विवाद, १५९ जनाले पाए उपाधि (सूची)

जाँदाजाँदै प्रधानन्यायाधीशले टुंग्याए वरिष्ठ अधिवक्ताको विवाद, १५९ जनाले पाए उपाधि (सूची)

नेपालखबर
असोज १०, २०८१ बिहिबार १८:४८, काठमाडौँ

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट)ले वरिष्ठ अधिवक्ताको उपाधिको टुंगो लगाएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

विवादित नाम हटाएर १ सय ५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय भएको बैठकमा सहभागी स्रोतले जानकारी दियो।

हिजो बसेको बैठकमा केही नामलाई लिएर विवाद भएको थियो।

यसअघि प्रकाशमानसिंह राउत नेतृत्वको ५ सदस्यीय समितिले १ सय ६५ जनलाई वरिष्ठ अधिवक्तालाई उपाधि दिन सकिने गरी सूची तयार गरेको थियो।

उक्त सूचीमा २०५५ सालसम्म कानुन व्यवसायीको प्रमाणपत्र पाएका अधिवक्ताहरूको नाम थियो। 

वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।  

यसपालि कम्तीमा ५० वटा मुद्दामा फैसला भएको, फर्म दर्ता गरेको, नियमित कर तिरेको लगायतका मापदण्डमा रहेर वरिष्ठ अधिवक्ताको उपाधि दिन छनोट समितिले सूची तयार गरेको समितिका सदस्यको भनाइ छ।

समितिले एक वर्षभन्दा बढी समय लगाएर पहिलो प्रतिवेदन गत जेठ ३ गते बुझाएको थियो। उक्त सूची सोही महिनाको अन्त्यतिर फुलकोर्टमा पेस गरिएको थियो। त्यस सूचीमा विवाद भएपछि फुलकोर्टले राउत नेतृत्वकै समितिलाई पुनरवलोकनका लागि जिम्मा दिएको थियो।

पुनरवलोकनका क्रममा समितिले तीन महिनाभन्दा बढी समय खर्चेको थियो। पुनरवलोकन गरी बुझाएको सूची अध्ययनका लागि प्रधानन्यायाधीश श्रेष्ठले मंगलबार सबै सर्वोच्चका न्यायाधीशलाई पठाउँदै बुधबार निर्णयका लागि फुलकोर्ट बोलाएका थिए।

राउत नेतृत्वको सिफारिस समितिमा न्यायाधीशहरू सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल सदस्य थिए।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ यही असोज २० गतेबाट अवकाश पाउँदै छन्।

सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताको उपाधि वितरण र न्यायाधीश नियुक्तिको निर्णय अविलम्ब गर्न ज्ञापनपत्र दिएको थियो।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरू- उत्तमप्रसाद सापकोटा, दामोदर पौडेल, शिव कुमार सिंह दनुवार, हुमबहादुर कुँवर, उत्तमबहादुर श्रेष्ठ, महेन्द्रबहादुर श्रेष्ठ, आशिकराम कार्की, मनोहर लामिछाने, सुरेशकुमार प्रधान, जीवनप्रकाश लम्साल, रिठे थापा क्षत्री, खगेन्द्र सुवेदी, अच्युतप्रसाद खरेल, चिरञ्जीवी शर्मा, सज्जनवर सिंह थापा, बद्रीप्रसाद पाठक, प्रेमकुमार अधिकारी, पूर्णिमा रिमाल गुरागाईं, रामप्रसाद पोखरेल, ऋषिराज शर्मा रुपाखेती, जगन्नाथ भण्डारी, भवानी सुवेदी, गंगाप्रसाद पोखरेल, ख्यामनारायण सापकोटा, पूर्णचन्द्र पौड्याल, टीकाराम रिजाल, केदार अधिकारी, सरोजनाथ प्याकुरेल, दिनेशप्रसाद शर्मा, निर्मल राज कोइराला, नारायण प्रसाद साह, केदार ढकाल, कुमुद कुमार भट्टराई, मदन कुमार महत, शुभनराज आचार्य, रामहरि ढकाल, विजय कुमार प्रधान, हेमकुमार श्रेष्ठ, रमेश पौडेल, केशरमणि अर्याल, तिल बहादुर भट्टराई, इन्द्रबहादुर लामा, शान्तिराम खतिवडा, गणेशप्रसाद अधिकारी, धर्मबहादुर खड्का, बलबहादुर राई, हेराकृष्ण महर्जन, कृष्णप्रसाद अर्याल, शिवप्रसाद आचार्य, राजकुमार श्रेष्ठ, पर्शुराम कोइराला, इन्द्रप्रसाद शर्मा, मनोज अधिकारी, खगेन्द्र बहादुर श्रेष्ठ, बलराम तिमिल्सिना, ध्रुवप्रसाद बस्याल, कमलप्रसाद खनाल, दीपक बास्तोला, कपिलचन्द्र पोखरेल, रुद्रप्रसाद नेपाल, जगदीशचन्द्र पाण्डे, ज्योति बानियाँ, सरिता शर्मा, भूमिश्वर शर्मा गौतम, रामलाल सुतिहार, केशवराज पराजुली, विमलप्रसाद ढकाल, केदारप्रसाद कोइराला, विजयकुमार सिंह, श्यामनारायण श्रेष्ठ, लीलामणि पौडेल, विदुरप्रसाद ढुंगाना, नमराज रिजाल, कविता बस्नेत, खड्गबहादुर गुरुङ, मुकुन्दप्रसाद पौडेल, नारायणप्रसाद दुवाडी, प्रा. नरप्रसाद थापा, ललितबहादुर बस्नेत, तेजनाथ धमला, भोजराज आचार्य, विवेकराज ढुंगेल, लेखनाथ अधिकारी, डिल्लीराम मैनाली, उत्तमराज पाठक, नारायण वस्ती, नारायणप्रसाद खनाल, डा मेदनीप्रसाद सेढाईं, डा. भीमार्जुन आचार्य, फणिन्द्रराज कोइराला, थानेश्वर काफ्ले, रामप्रसाद अर्याल, पदमराज शर्मा, इन्द्रदेव सिंह राजपुत, राजेश्वर अधिकारी, मदनबहादुर चन्द, भीमसेन बन्जारा, कृष्णप्रसाद दाहाल, भोलाकुमार भट्टराई, हरिशंकर कर्ण, नारायणप्रसाद शर्मा, रामनेक साह, बाबुराम खड्का, चन्द्रबहादुर बस्नेत, नारायण नेपाल, डा. पुण्यप्रसाद खतिवडा, पवन कुमार जयसवाल, राजुप्रसाद चापागाईं, रेशमराज रेग्मी, बलराम सुवेदी, मुकेशकुमार कार्की, शालिकराम सापकोटा, दीपेन्द्र थापा, डिल्लीप्रसाद दाहाल, कृष्णप्रसाद पाण्डे, विष्णुप्रसाद शर्मा, उमेश पञ्जियार, हरिन्द्रप्रसाद राई, शेरबहादुर कार्की, बाबुराम भट्टराई, रामबहादुर खड्का, शालिकराम आचार्य, सतीशकुमार झा, जगतबहादुर कार्की, उद्धवचन्द्र घिमिरे, बालकृष्ण देवकोटा, सीताराम राई, रोहितकुमार डाँगी, आशिष अधिकारी, विष्णुप्रसाद तिमिल्सिना, मणिराज दुलाल, रोहितराज बास्तोला, दिनमणि पोखरेल, पदमबहादुर श्रेष्ठ, रामेश्वरप्रसाद कोइराला, ईश्वरराज ढकाल, देवराज कटुवाल, गणेशबहादुर खत्री, लक्ष्मण थपलिया, राम श्रेष्ठ, खम्मबहादुर खाती, कमल नयन पन्त, सन्तकुमार बाँस्कोटा, रामकृष्ण पाण्डे, द्वारिकाप्रसाद भट्टराई, यमलाल खनाल, प्रकाशकुमार घिमिरे, बाबुराम दहाल, विष्णुमाया भुसाल, राजु खड्का, प्रभुकृष्ण कोइराला, विनोद रेग्मी, रामप्रसाद भण्डारी, धुर्वप्रसाद चौलागाईं, टुकराज पाण्डे, शशिकुमार लाल कर्ण, लोकबहादुर शाह, खगराज कट्टेल, अरुण पौडेल।

सर्वोच्च अदालतद्वारा सार्वजनिक सूची हेर्नुहोस् :

सम्बन्धित खबर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .