हाल (बिहीबार साँझ) देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली (आकाशभरि बाद) छ।
कोसी प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज राति (आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) पनि देशभर मौसम साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना ८० प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया