ad ad

समाज


नख्खु खोलाले बगाउँदा ललितपुरमा ४ जना बेपत्ता, गोदावरीमा पहिरोले ३ जनालाई पुर्‍यो

नख्खु खोलाले बगाउँदा ललितपुरमा ४ जना बेपत्ता, गोदावरीमा पहिरोले ३ जनालाई पुर्‍यो

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८१ शनिबार ९:४६, काठमाडौँ

ललितपुरमा नख्खु खोलाले बगाउँदा चारजना बेपत्ता भएका छन्। ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका हुन्। 

उनीहरुको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन। बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

त्यसैगरी ललितपुरको गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। 

गोदावरी नगरपालिका-६ स्थित टिकाभैरवमा रहेको लेप्रोसी हस्पिटलमा पहिरो जाँदा तनिजना पुरिएका हुन्। उनीहरुको उद्धार कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ। 

त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका २ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु मावि डुबानमा पर्दा ५ जना पसेका छन्। उनीहरुको उद्धारमा प्रहरी परिचालन भएको छ। 

त्यसैगरी ललितपुर महानगरपालिका २ स्थित नख्खु इलाका डुबानमा पर्दा फसेकाको पनि उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .