ad ad

समाज


स्कुल हिँडेकी किशोरीको बलात्कारपछि हत्या, पुरिएको अवस्थामा भेटियो शव

स्कुल हिँडेकी किशोरीको बलात्कारपछि हत्या, पुरिएको अवस्थामा भेटियो शव

उजिर कार्की
चैत ६, २०७६ बिहिबार १२:३०,

इलाममा बलात्कारपछि हत्या गरी पुरिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ।

मंगलबारदेखि हराएकी इलामको सूर्योदय गरपालिका १३ की १७ वर्षीया आकृति राईको शव फेला परेको इलाम प्रहरीले जनाएको छ। 

कक्षा ११ मा अध्ययनरत आकृति बिहान साढे ९ बजे घरबाट ज्योति माध्यामिक विद्यालय गएकी थिइन्। तर, उनी साँझ घर फर्किनन्।

बुधबार विद्यालयमा बुझ्दा त्यहाँ समेत नगएको पत्ता लागेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

आफन्तले खोज्दै जाँदा सूर्योदय नगरपालिका १३ पोखरी किरात टोलमा अमलिसो घारीमा खाडल खनेर पुरेको अवस्थामा उनको शव फेला परेको हो।

खाडलभित्र प्लास्टिकको बोरामा पोको पारेर पुरिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए।

आकृतिलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सूर्योदय नगरपालिका १३ का २१ वर्षीय रोशन राईले आफूले बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .