ad ad

समाज


कोरोनाको प्रभाव : पोखरामा भाडा छुट दिने अभियान, ट्रेड मलले ५० प्रतिशत छुट दिने

कोरोनाको प्रभाव : पोखरामा भाडा छुट दिने अभियान, ट्रेड मलले ५० प्रतिशत छुट दिने

वाशुदेव मिश्र
चैत ८, २०७६ शनिबार १२:५१,

कोरोना भाइरस (कोभिड–१९) को संन्त्रासले व्यवसाय चौपट भएपछि पोखरामा घर भाडा छुट दिने लहर चलेको छ।

शनिबार पोखराकै ठूलो मानिने पोखरा ट्रेड मलले त्यहाँ रहेका व्यवसायीहरुलाई चैत महिनाको भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ भने पोखरा महागनरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले पनि आफ्नो भाडामा दिइएको घरको एक महिनाको भाडा मिनाहा गर्ने घोषणा गरेकी छन्।

ट्रेड मल एन्ड हाउजिङ प्रालिअन्तर्गतको मलमा रहेका ५०३ सटरमा सञ्चालित २५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा अब आधा छुट पाउने छन्। कोरोनाका कारणले व्यापार व्यवसाय चौपट भएकाले मलभित्रका व्यवसायीलाई केही मात्रामा भए पनि राहत दिनका लागि भाडामा छुट दिने निर्णय गरिएको गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका मलका अध्यक्ष विन्दुकुमार थापाले बताए।

मलले सो निर्णयबाट व्यवसायीलाई रु २५ लाख छुट हुनेछ। कोरोनाको त्रास लम्बिएको अवस्थामा छुट दिने योजनालाई निरन्तरता दिइने अध्यक्ष थापाले बताए। ‘व्यवसायमा नाफा मात्र जोडिँदैन, सेवाको भावना पनि जोडिएको हुन्छ’, उनले भने, ‘विषम परिस्थितिका कारणले व्यवसायी मर्कामा परेका कारणले व्यवसायीबाटै सञ्चालित संस्था भएकाले भाडामा छुट दिएर राहत प्रदान गर्ने निर्णण गरेका हौैँ।’ उनले विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाले समेत ब्याजदरमा कम्तिमा ५० प्रतिशत घटाउने व्यवस्था मिलाउनसमेत माग गरे।

कोरोनाबाट सहजगता अपनाउन मलभित्र प्रवेश गर्ने ग्राहक, शुभेच्छुक, व्यवसायी तथा कर्मचारीलाई स्यानेटाइजर प्रयोग गर्न लगाइएको तथा मलको प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी ग्राहकको शरीरको तापक्रम परीक्षण गरेर सही अवस्थाको जानकारी दिने गरिएको प्रबन्ध निर्देशक मीनराज काफ्लेले बताए। सरकारको अनुरोध बमोजिम मलभित्र सञ्चालनमा रहेको सिनेमा हल तथा जिम हल अनिश्चितकालका लागि बन्द गरिएको बताइन्छ। टे«ड मल २०७२ असोज २४ गतेदेखि सञ्चालनमा आएको हो।

यता, उपमेयर गुरुङले पोखरा महानगरपालिका– ९, जरेबरमा आफनो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन्।

उपप्रमुख गुरुङको घोषणा पोखरामा घर भाडामा दिने घरबेटीहरुलाई समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पोखराका ब्यवसायीले ब्यवसाय धरासायी बन्दै गएको भन्दै छुट घर भाडामा छुट दिन माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गरेकी हुन्। विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तब्यस्त भएको भन्दै उनले ब्यवसायीलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको उपप्रमुख गुरुङले बताइन्। उनले मासिक ६५ हजार रुपैयाँमा भाडामा दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .