ad ad

समाज


कैलालीको गोदावरीमा बिस्फोट, एक जनाको मृत्यु

कैलालीको गोदावरीमा बिस्फोट, एक जनाको मृत्यु

गोकुल जोशी
चैत ९, २०७६ आइतबार ८:१४,

कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो पितलजस्तो देखिने बस्तु बिस्फोट हुँदा फुलबस्तीका स्थानीय ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्टले बताए।

डीएसपी विष्टका अनुसार जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर बिकको मृत्यु भएको हो।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी विष्टले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .